दफा ११
तथ्याङ्क सङ्कलनका लागि सूचित आदेश जारी गर्ने
ऐनको दफा ५ को उपदफा (१) बमोजिम राष्ट्रियस्तरको गणना गर्ने प्रयोजनका लागि नेपाल सरकारले सूचित आदेश जारी गर्दा देहायका विवरण उल्लेख गर्नु पर्नेछ:-
(क) तथ्याङ्क सङ्कलनको उद्देश्य र विषय,
(ख) तथ्याङ्क सङ्कलन गरिने भौगोलिक तथा प्रशासनिक क्षेत्र,
(ग) तथ्याङ्क सङ्कलनका विधि र प्रक्रिया,
(घ) सूचनादाताको विवरण,
(ङ) तथ्याङ्क सङ्कलन गर्ने समयावधि,
(च) सन्दर्भ अवधि (रिफरेन्स पिरियड),
(छ) सङ्कलन हुने सूचनाको प्रकृति,
(ज) सूचनादाताबाट सूचना सङ्कलन गर्ने भाषा,
(झ) सूचनादाताको दायित्व,
(ज) सोधिने प्रश्नावलीको विवरण, र
(ट) अन्य सान्दर्भिक विषय।
(क) तथ्याङ्क सङ्कलनको उद्देश्य र विषय,
(ख) तथ्याङ्क सङ्कलन गरिने भौगोलिक तथा प्रशासनिक क्षेत्र,
(ग) तथ्याङ्क सङ्कलनका विधि र प्रक्रिया,
(घ) सूचनादाताको विवरण,
(ङ) तथ्याङ्क सङ्कलन गर्ने समयावधि,
(च) सन्दर्भ अवधि (रिफरेन्स पिरियड),
(छ) सङ्कलन हुने सूचनाको प्रकृति,
(ज) सूचनादाताबाट सूचना सङ्कलन गर्ने भाषा,
(झ) सूचनादाताको दायित्व,
(ज) सोधिने प्रश्नावलीको विवरण, र
(ट) अन्य सान्दर्भिक विषय।